जसपाको मुखपत्र प्रकाशित

जसपाको मुखपत्र प्रकाशित


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मुखपत्र ‘द सोसलिस्ट’ द्वैमासिकको प्रकाशन थालेको छ ।

पत्रिकाको कार्तिक-मंसिर अङ्क सार्वजनिक गरेको जसपाले पत्रिकालाई विचार प्रधान पत्रिकाको रूपमा निरन्तरता दिने भएको छ ।

हाललाई द्वैमासिक रूपमा प्रकाशित भएपनि यसलाई चाँडै मासिक पत्रिकाको रूपमा प्रकाशन गरिने बताइएको छ । प्रारम्भमा पार्टी संगठन, समिति र पार्टी सदस्यहरूलाई उक्त पत्रिका वितरण गरिने छ । जसपाले यस अघि जेएसपी नेपाल डट ओआरजी नामको वेबसाइट सञ्चालनमा ल्याएको छ ।