टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक

टिकटकको प्रतिबन्ध खोल्न प्रधानमन्त्री सकारात्मक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे ।

अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’

उनले अदालतले पनि सरकारकै पक्षमा प्रारम्भिक निर्णय गरेको आफ्नो बुझाइ रहेको बताए । उनले आफ्नो घरमै पनि टिकटकको लत रहेको उल्लेख गर्दै कतिपयले यो निर्णयप्रति सरकारलाई धन्यवाद पनि दिएको धारणा राखे ।

केही समय अगाडि सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।