हिमाली भेगमा आज पनि हिमपातको सम्भावना

हिमाली भेगमा आज पनि हिमपातको सम्भावना

पूर्वी नेपालमा ‘मिचोङ्ग’ आँधीको आंशिक प्रभाव


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

पूर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ । ‘मिचोङ्ग’ नाम दिइएको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लाग्ने छ । यस्तो अवस्था दुई–तीन दिनसम्म रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आएको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली भागहरुमा हिजै हिमपात र वर्षा भएको छ । यो हिउँदको पहिलो हिमपात र हिउँदे झरीले कृषि बालीलाई फाइदा पुग्ने भन्दै किसानहरु खुशी भएका छन् ।

तर हिमपात र वर्षाले चिसो बढाएछि भने जनजीवन प्रभावित भएको छ । खासगरी बढेको चिसोले जाजरकोट भूकम्पका कारण त्रिपालमूनी बस्न बाध्य भूकम्पपीडितहरुको जीवनयापन कष्टप्रद भएको छ ।