उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल गंगालाल अस्पतालमा

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री दाहाल गंगालाल अस्पतालमा


ग्लोब नेपाल
432
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गंगालाल अस्पताल पुगेका छन् ।

प्रधानमन्त्री दाहालले उपचाररत उपप्रधानमन्त्री श्रेष्ठलाई समेत भेटेका छन् । उनले चिकित्सकहरुसँग उपप्रधानमन्त्री श्रेष्ठको उपचारका बारेमा जानकारीसमेत लिएका छन् ।

यसअघि, उपचारमा संलग्न चिकित्सकहरूले श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएका थिए।

हिजो अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुग्नुभएका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्षमा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उहाँको उपचार गएिको थियो ।