न्युरोडबाट करिब ८ किलो सुनसहित १ जना पक्राउ

न्युरोडबाट करिब ८ किलो सुनसहित १ जना पक्राउ


ग्लोब नेपाल
702
Shares

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ८ किलो अवैध सुन बरामद भएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति ७ किलो ८ सय ग्राम सुनसहित कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ ।

उनको न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा छापा मार्दा सो परिमाणमा अवैध सुन बरामद भएको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । थप अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।