एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश

एनसेलको सेयर बिक्री रोक्न उच्च अदालतको अल्पकालीन आदेश



काठमाडौं । एनसेलको सेयर बिक्री नगर्न उच्च अदालत पाटनले अल्पकालीन आदेश दिएकाे छ । अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हाे ।

न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

गोकुलबहादुर रोकायको रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले साउन २५ गते विपक्षीलाई समेत उपस्थित गराउन र यस सम्बन्धी दायर अन्य रिटलाई पनि लगाउमा राख्न आदेश दिएको छ ।

उच्च अदालत पाटन आदेश :