कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज  राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउदै छ ।  लोकतन्त्र प्राप्तिका लागि पटक पटक आन्दोलनमा योगदान गरेका, बृहत शान्ति सम्झौताका पक्षधर, विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा ४८ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउन लागेको हो ।

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम आयोजना हुनेछ ।

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप लिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरेको छ।