एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने डेभिड वार्नरकाे घाेषणा

एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने डेभिड वार्नरकाे घाेषणा



काठमाडौँ । अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि सन्न्यास लिने घाेषणा गरेका छन् । ३७ वर्षीय वार्नरले यसअघि टेस्ट क्रिकेटबाट सन्न्यास लिने घाेषणा गरेका थिए । पर्सि बुधवारदेखि शुरु हुने पाकिस्तानसँगकाे दाेस्राे टेस्ट वार्नरकाे बिदाइ खेल हुनेछ ।

आफ्नाे सन्न्यासपछि नयाँ खेलाडीले माैका पाउने र आफूले फ्रेन्चाइजी क्रिकेट धेरै खुलेर खेल्न सक्ने वार्नरले बताएका छन् ।

सन् २०२३ काे एकदिवसीय विश्वकपमा अस्ट्रेलियालाई छैटाैँ पटक उपाधि जिताउन वार्नरले महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । उनले प्रतियाेगिताभरि २ शतकसहित ४ सय ९४ रन बनाएका थिए ।

वार्नरले १ सय ६१ एकदिवसीय क्रिकेट खेल्दै २२ शतकसहित ६ हजार ९ सय ३२ रन बनाएका छन् । उनी अस्ट्रेलियाकाे एकदिवसीय क्रिकेट इतिहासमा सबैभन्दा धेरै रन बनाउने छैटाैँ क्रिकेटर हुन् ।यस्तै १ सय ११ टेस्टमा २६ शतकसहित ८ हजार ६ सय ९५ रन बनाएका छन् ।