एमालेलाई राष्ट्रिय सभामा ६ सिट दिन देउवा–प्रचण्ड तयार

एमालेलाई राष्ट्रिय सभामा ६ सिट दिन देउवा–प्रचण्ड तयार


ग्लोब नेपाल
7.7k
Shares

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेले मागेको ६ सिट दिन कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयार भएका छन् । तर एउटा सर्त एमालेले मान्नुपर्नेछ ।

संक्रमणकालीन न्यायसम्बन्धी कानुन संसद्‌बाट पारित गर्न एमाले तयार भए राष्ट्रियसभामा उसले मागेको ६ सिट दिने देउवा–प्रचण्ड तयार सहमत भएका हुन् । एमालेले संसद्‌को कानुन समितिबाट विधेयक पारित गराएर अघि बढाउन सघाउनुपर्ने उनीहरुको सर्त छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहीबार बसेको बैठकमा विपक्षी एमालेलाई पनि साथमा लिन सिट बाँडफाँट गरेर जाने विषयमा छलफल भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

यता एमालेले भने दलहरुसँग सहकार्यको छलफल भए पनि सत्ता गठबन्धनसँग भाग नखोजेको दाबी गरेको छ ।