राष्ट्रपतिले मनोनीत गर्ने सिटमा प्युठानबाट पराजित जनमोर्चाकी दुर्गा पौडेल

राष्ट्रपतिले मनोनीत गर्ने सिटमा प्युठानबाट पराजित जनमोर्चाकी दुर्गा पौडेल


ग्लोब नेपाल
459
Shares

काठमाडौं । आज आइतकार प्रधानमन्त्रीको सरकारी निवासमा बसको सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे सहमति जुटेको छ । राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ ।

१९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदैछ । राष्ट्रिय सभाको सिट बाँडफाँटका लागि सत्तारुढ दलहरुको बैठक निरन्तर बस्दै जारी छ । आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिटबारे सहमति जुट्न बाँकी छ ।

कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन । राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे पनि सहमति जुटिसकेको स्रोतले जानकारी दिएको छ ।

यो सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको स्रोतले जानकारी दिएको छ । नेकपा मसालका महासचिव मोहनविक्रम सिंहकी पत्नी पौडेल प्रतिनिधि सभा निर्वाचनमा प्युठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापासँग पराजित भएकी थिइन् ।