कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ बारे अमेरिकामा चर्चा

कृष्ण कुसुमको कथासंग्रह ‘पार्श्वधुन’ बारे अमेरिकामा चर्चा


ग्लोब नेपाल
54
Shares

काठमाडौं । विदेशी परिवेश,नेपाली राजनीति सामाजिक चेतना र मनोविज्ञान समेटेर तयार पारिएको पुष्तक पार्श्वधुनवारे अमेरिकामा चर्चा गरिएको छ । कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरुले बताएका छन ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनमा गरेको कार्यक्रममा कथाकार कुसुमले प्रवासी जनजीवनका विषयलाई मिहिन ढंगले उतार्न सफल भएको धारणा वक्ताहरुले व्यक्त गरेका हुन् ।

कार्यक्रममा समीक्षकको रुपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुइ दशकदेखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रुपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको बताए । उनले पुस्तकमा समेटिएका १३ वटा कथाको विषयले आफूलाई छोएको बताए ।

पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै वरपरका कथाहरु भएकोले सबै कथामा आफ्नै कुराहरु आएको वक्ता निर्मला राइले बताइन । लेखकले महिलाको कुराहरु महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिदै कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरुले आफूलाई पूर्वी पहाडको वाल्यकालमा पुराएको स्मरण गरिन ।

कार्यक्रमका अर्का टिप्पणीकार भीम कार्कीले पार्श्वधुनमा लेखकले प्रमुख चारवटा विषयलाई सजीव रुपमा चित्रण भएको व्याख्या गरे । कथाकार कुसुमले विदेशी परिवेश र नेपाली राजनीतिर सामाजिक चेतना र मनोविज्ञान विषयलाई सुक्ष्म तरिकाले उठान गरि बलियो बिषय छनौट गरेकोमा प्रशंसा गरे ।

लेखक कुसमले आफू एक असन्तुष्ट पाठक भएकाले यसकालागि आफुले असन्तुष्टि पुरा गर्न अरुले लेख्न छुटाएको बिषयलाई प्रमुख बनाई कथा लेखेको बताए । करिब सया जना नेपालीको सहभागिता रहेको कार्यक्रमममा अन्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष सुमन काजीले गरेका थिए । संस्थाका सचिव पवन लामिछानेले स्वागत गरे ।

पेशाले इन्जिनियर कुसुम नेपाल आएका समयमा गत कार्तिक १९ सो पुष्तकको काठमाडौंमा विमोचन गरिएको थियो । यसअघि कुसुमको ‘अमृतको प्याला’ गजलसंग्रह, ‘अञ्जुलीमा अभियन्ता’ संयुक्त कवितासंग्रह, ‘अञ्जुलीमा अभियन्ता- २’ संयुक्त गजल संग्रहलगायतका पुस्तक प्रकाशित छन्।

साथै उनले ‘परदेशका कथा’ कथासंग्रह र ‘आँगन छोडेपछि’ संस्मरण संग्रहको सम्पादनसमेत गरिसकेका छन् ।