सन्दिप लामिछानेलाई आज ७ देखि १० वर्षसम्म जेल सजाय तोकिन सक्ने

सन्दिप लामिछानेलाई आज ७ देखि १० वर्षसम्म जेल सजाय तोकिन सक्ने


ग्लोब नेपाल
270
Shares

काठमाडौं । बलात्कार कसुरमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेमाथि आज सजाँय तोकिँदैछ । काठमाडौं जिल्ला अदालतले लामिछानेमाथि आज सयाँय तोक्ने छ । गत १३ पुसमा न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेले गौशाला–२६ माथि बलात्कार गरेको ठहर गरेको थियो ।

सोही दिन कैद सजायको अवधि तोक्न आजका लागि पेशी तोकिएको थियो । कानूनअनुसार लामिछानेलाई ७ देखि १० वर्षसम्म कैद सजाय हुन सक्छ । यस्तै अदालतले पीडितले पाउने क्षतिपूर्ति पनि तोक्नेछ ।

लामिछानेविरुद्ध २०७९ भदौ २१ मा पीडित किशोरीले गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीमा सोही वर्षका भदौ ५ मा नगरकोट लगेर फर्किएपछि राति पिंगलास्थानस्थित एक होटलमा लगेर बलात्कार गरेको उल्लेख थियो ।

प्रहरीमा उजुरी पर्दा क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका लामिछाने उतैबाट फरार भएका थिए । प्रहरीले इन्टरपोलमार्फत रेड कर्नर नोटिश जारी गरेपछि २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।