भुठानमा हलिउड अभिनेता ब्रुस डन

भुठानमा हलिउड अभिनेता ब्रुस डन


ग्लोब नेपाल
81
Shares

काठमाडौं । निर्देशक विनोद पौडेलले आफ्नो फिल्म ‘भूठान’मा हलिउड अभिनेता ब्रुस डर्नलाई अनुबन्धित गरेका छन् । आफुले एजेन्सीमार्फत् स्क्रिप्ट पठाएको र उनले स्क्रिप्ट मन पराएपछि आफ्नो फिल्ममा अनुबन्धित भएको पनि उनले बताएका छन् ।

अंग्रेजीमा ‘द वर्ल्डस् ह्याप्पिएस्ट म्यान’ नाम राखिएको फिल्ममा यसअघि हरिवंश आचार्य, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन लगायत अनुबन्ध भैसकेका छन् ।

ब्रिटिश एकेडेमी फिल्म अवार्ड, जिनी पुरस्कार र गोल्डेन ग्लोब्स अवार्डमा समेत धेरैपटक मनोनयनमा परेका उनले ५० बढी फिल्म तथा टेलिभिजन सिरिजमा अभिनय गरेका छन् । सन् १९७९ मा डर्न फिल्म ‘कमिङ होम’बाट ओस्कार अवार्डको मनोनयनमा परेका थिए भने फिल्म ‘नेब्रास्का’का लागि उनले सन् २०१३ मा ‘कान्स फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

सन् २०१९ मा भुसान फिल्म फेस्टिभलको स्कृप्ट पिचिङ्गमा छानिएको ‘भूठान’मा सुसन प्रजापतिको छायांकन रहनेछ । फिल्म नेपाली र अंग्रेजी भाषामा बन्नेछ । एल एन अधिकारी र कौशिला खनाल कार्यकारी निर्माता रहेको फिल्ममा दीपक गजमेर र स्टार झाउ पनि एसोशियट निर्मातामा छन् ।