संसारको सबैभन्दा ठूलो बैंक डकौती

संसारको सबैभन्दा ठूलो बैंक डकौती


ग्लोब नेपाल
1.2k
Shares

तपाईंले जहिले पनि चोरी वा डकैतीसँग सम्बन्धित बलिउड र हलिउड फिल्महरू हेर्नुभएको छ, तपाईंको दिमागमा एउटै विचार आएको हुनुपर्छ, यदि वास्तविकतामा यस्तो भयो भने के हुन्छ ?

चोरी, डकैती काल्पनिक अपराध नभए पनि यथार्थमा यस्ता घटना दिनानुदिन सार्वजनिक भइरहेका छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ संसारमा सबैभन्दा ठूलो डकैती कहिले भएको थियो होला ? आज हामी तपाईलाई त्यही डकैतीसँग जोडिएको एउटा घटना  बताउन गइरहेका छौँ, जसले पुरै विश्वलाई हल्लाएको थियो ।

सन २००३ मार्च १८ को घटना हो । अर्को दिन अमेरिकाले इराकमा आक्रमण गर्न लागेको थियो। मिलिट्री डटकम वेबसाइटका अनुसार यस दिन विश्वको सबैभन्दा ठूलो चोरी भएको थियो, तर केही मानिसहरू यसलाई राष्ट्रपति सद्दाम हुसेनको अधिकार भएकाले चोरी मान्दैनन् ।

समाचार अनुसार त्यो दिन केही मानिस हातमा पर्ची लिएर बगदादमा रहेको इराकको सबैभन्दा ठूलो बैंक सेन्ट्रल बैंक अफ इराक पुगे । त्यहाँ उनीहरुले बैंक प्रबन्धकलाई एउटा पर्ची दिए, जसमा राष्ट्रपति हुसेनले भोलीको दिन हुन सक्ने अमेरिकी हमला हुनु अघि देशको पैसा सुरक्षित स्थानमा पठाउन चाहन्छन् भन्ने लेखिएको थियो । सद्दाम हुसैनको नाम सुन्ने बित्तिकै बैंकका कर्मचारीहरु डराए र तुरुन्तै त्यसै गरे ।

सबै पैसा तुरुन्तै बाहिर पार्क गरिएका ट्रकहरूमा लोड हुन थाले। यति धेरै पैसा थियो कि ट्रक नै अभाव थियो। त्यसपछि चोरहरूले बैंकमा केही पैसा छोडेर गए ।

अचम्मको कुरा के छ भने यो पूरै चोरी करिब ५ घण्टासम्म चलेको थियो, हतियारको डर नराखी चोरी भएको थियो । पछि जब सद्दाम हुसेनले यस्तो कुनै आदेश जारी नगरेको थाहा भयो, सबै जना छक्क परे।

छानबिन गर्दा पर्ची ल्याउने व्यक्ति अरु कोही नभई सद्दामका छोरा कुसे हुसेन र उनका सहयोगीहरू रहेको पत्ता लाग्यो । पछि बैंकले तथ्यांक सार्वजनिक गर्‍यो, जसमा उक्त चोरीमा ८ हजार करोड रुपैयाँ हराएको खुलासा भएको थियो। केही समयपछि अमेरिकाले पनि कुसेलाई आक्रमणमा मार्‍यो । तर, यो चोरीको ठूलो हिस्सा कहिल्यै फेला परेन।