काठमाडौँ । न्यायाधीश भुवन गिरीकी जेठी श्रीमती आरती गिरीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेकी छन् ।
आइतबार दिउँसो सर्वोच्च पुगेकी ती महिलाले आफैंमाथि मट्टितेल छर्किएकी हुन् । उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । उनलाई प्रहरीले उद्धार गरी वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
ती महिलाले आफ्ना श्रीमान गिरीमाथि वैवाहिक बलात्कारको मुद्दा हालेकी छन् । उनले गिरीलाई थुनामा राख्न माग राख्दै आएकी छन् ।
गिरीविरुद्ध जिल्ला अदालत कपिलवस्तुले चैत २२ गते पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले गत चैत २८ गते पक्राउ गरी कपिलवस्तु लगिएको थियो ।


प्रतिक्रिया