५४ अंकले नेप्से बढ्दा २ वर्षयताकै उच्च कारोबार

५४ अंकले नेप्से बढ्दा २ वर्षयताकै उच्च कारोबार



काठमाडौँ । सेयर बजारमा तीव्र उत्साह बढेको छ । मंगलबार सेयर बजार परिसूचक नेप्से ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ ।

यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ । यो कारोबार रकम २ वर्षयताकै उच्च हो । यसअघि २०७८ साल माघ २० गते ८ अर्ब ६१ कराेड रुपैयाँकाे काराेबार भएकाे थियाे ।

यसदिन १३ वटै उपसूचक धनात्मक हुँदा अधिकांश उपसूचक २ प्रतिशत माथिले बढेका छन् । फाइनान्स समूह ४.७५ प्रतिशतले बढेको छ भने इनभेष्टमेन्ट समूह ३.७० प्रतिशतले, हाइड्रोपावर समूह ३.५१ प्रतिशतले र माइक्रोफाइनान्स समूह ३.०२ प्रतिशतले बढेको छ । अरु बाँकी उपसमूह २ प्रतिशत कमले बढेका छन् ।

आज बुटवल पावर कम्पनी लि, युनाइटेड मोदीस हाइड्रोपावर लि, हिमालयन पावर पार्टनर लि, एनआरए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि र नेपाल वेयरहाउजिङ्ग कम्पनी लि.को सेयर मूल्यमा सर्किट लागेको छ भने डेढ दर्जन कम्पनीहरुको सेयर मूल्य ९ प्रतिशतमाथिले बढेका छन् ।