प्रधानमन्त्री दाहाल युगान्डा फ्लाइट बिहीबार बिहान २ बजे

प्रधानमन्त्री दाहाल युगान्डा फ्लाइट बिहीबार बिहान २ बजे


ग्लोब नेपाल
405
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डाको राजधानी कम्पाला आयोजना हुने असंलग्न राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदैछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर प्रधानमन्त्री दाहाल बिहीबार बिहान सवा २ बजे काठमाडौंबाट कतार एअरवेजको उडानमा दोहा हुँदै त्यसतर्फ जान लागेका छन् ।

प्रधानमन्त्री दाहाल माघ ७ गते सोही एअरलाइन्सको उडान नम्बर क्युआर ६५२ मा दोहा हुँदै काठमाडौं फर्कने कार्यक्रम छ । प्रधानमन्त्रीको भ्रमणको निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान र आगमनको समयमा कुनै समस्या उत्पन्न हुन नदिन विमानस्थलमा रहेका विभिन्न निकायको बैठक राखिएको छ । बैठकले सुरक्षा निकायहरु, नेपाल वायुसेवा निगम, भन्सार र अध्यागमन, नेपाल आयल निगमलगायत निकायले गर्नुपर्ने कामको बाँडफाँड गरेको छ ।