काठमाडौं । १५औं संस्करणको आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ । विश्वकपको पहिलो खेलमा आयरल्याण्ड र अमेरिका तथा दक्षिण अफ्रिका र वेस्टइन्डिज खेल्दैछन् । उक्त खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजेदेखि सुरु हुनेछ ।
यो विश्वकपमा नेपालसहित १६ वटा टोली सहभागिता छन् । प्रतियोगितामा सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘डी’ मा परेको छ ।
विश्वकपमा नेपालको ८ वर्षपछिको यात्रा नेपालले ८ वर्षपछि यू–१९ विश्वकप खेल्दैछ । नेपालले पछिल्लो पटक २०१६ मा भएको यू-१९ विश्वकप खेलको थियो । नेपालले उक्त विश्वकपमा न्यूजिल्याण्ड ३२ रन र आयरल्यान्डलाई ८ विकेटले पराजित गरेका थियो ।
समूह उपविजेता बन्दै क्वाटरफाइलनमा प्रवेश गरेको नेपाल बङ्गलादेशसँग ६ विकेटले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो । सोही विश्वकप वेस्ट इन्डिजले जितेको थियो । नेपाल यू-१९ विश्वकप आठौँ पटक खेल्दै छ । यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।
नेपाल रहेको समूहमा पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान छन् । आइसिसी ओडिआई वरियतामा नेपाल १५औँ, पाकिस्तान चौथो, न्यूजिल्याण्ड पाचौं र अफगानिस्तान नवौँ स्थानमा छन् । नेपालले पहिलो खेल आइतबारमा न्यूजिल्याण्डसँग खेल्नेछ ।
त्यसैगरी नेपालले दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र जनवरी २६ पाकिस्तानको सामना गर्नेछ ।
प्रतिक्रिया