काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार



काठमाडौं । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियारलाई नियुक्त गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको हो ।

काठमाडौं महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न भनेका थिए । त्यसपछि अधिकारीको सरुवा आयोगमा भएको हो ।

युवा तथा कान्छा सहसचिव परियार महानगरका मेयर साहकै रोजाईमा त्यहाँ गएको बताइएको छ ।