देव गुरुङले भ्रष्टाचार गरेको केन्द्रीय सदस्य केसीको आरोप

देव गुरुङले भ्रष्टाचार गरेको केन्द्रीय सदस्य केसीको आरोप


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले (माओवादी केन्द्र)का महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । पार्टीले आफूमाथि कारबाही गरेको विषयको स्पष्टीकरण पत्रमा बोगटीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको बताएका छन् ।

वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा उनीमाथि पार्टीले कारबाही गरेको थियो।

चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल कोओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीले आरोप लगाएका छन । उनले दुवैमाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गर्न माग समेत गरेका छन् ।