प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कंदै

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कंदै


ग्लोब नेपाल
0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डामा सम्पन्‍न असंलग्न राष्ट्रहरुको आन्दोलन नामको उन्‍नाइसौं शिखर सम्मेलनमा सहभागी भई आज स्वदेश फर्कंदै छन् ।

युगाण्डाको राजधानी कम्पालाबाट आज बिहान २:२५ बजे कतारको दोहा आइपुग्‍ने प्रधानमन्त्री प्रचण्ड बिहान ९ बजे काठमाडौ आइपुग्‍नु हुने उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही माघ ४ गते युगाण्डा प्रस्थान गरेका थिए । प्रधानमन्त्री प्रचण्डले गत शुक्रबार युगाण्डा सम्मेलनलाई सम्बोधन गरेका थिए । युगाण्डा भ्रमणमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदाय र अन्य देशका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए ।