संसदीय समितिका सभापतिहरूसँग सभामुखले छलफल गर्ने

संसदीय समितिका सभापतिहरूसँग सभामुखले छलफल गर्ने


ग्लोब नेपाल
54
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले आज विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै छन् । संसद न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाइ सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन । 

सभामुखका प्रेस बिज्ञ शेखर अधिकारीका अनुसार आज बिहान ११ बजे सभामुखले समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका हुन् ।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखले सभापतिहरूसँग छलफल गर्ने उनले जनाएका छन ।