काठमाडौं । आईसीसी यु–१९ विश्वकप क्रिकेटकाे आफ्नाे पहिलाे खेलमा नेपालले पहिला बलिङ गर्ने भएकाे छ । न्युजिल्यान्डका कप्तानले टस जितेर पहिले ब्याटिङकाे निर्णय लिएका हुन् ।
जारी विश्वकपमा नेपाली युवा टोलीले पहिलो खेल न्युजिल्यान्डविरुद्ध खेल्न लागेको हो । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो ।
यसपछि नेपालले जनवरी २४ तारिखमा पाकिस्तान र तेस्रो खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ ।
नेपालको प्लेइङ ११ : देव खनाल (कप्तान), गुलशन झा, अर्जुन कुमाल, दीपक बोहोरा, आकाश त्रिपाठी, उत्तम थापा मगर, दिपेश कंडेल, सुभाष भण्डारी, तिलक भण्डारी, आकाश चन्द, दीपक बोहरा
प्रतिक्रिया