काठमाडाैं । आइसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत न्यूजिल्यान्डविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
सुवास भण्डारीले नेपालका लागि पहिलो सफलता दिलाएका छन् । उनले ११औं ओभरको पहिलो बलमा ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका हुन् ।
१० ओभर २ बलमा न्युजिल्यान्ड १ विकेट गुमाएर ५६ रन बनाएर खेलिराखेको छ ।
दक्षिण अफ्रिकाको बफेलो पार्क क्रिकेट मैदानमा न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया