यू १९ विश्वकपमा दीपेशले दिलाए नेपाललाई तेस्रो सफलता

यू १९ विश्वकपमा दीपेशले दिलाए नेपाललाई तेस्रो सफलता



काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध तेस्स्रो सफलता हात पारेको छ । दीपेश कँडेलले ओलिभर तिवातियालाई विकेट किपर उत्तम मगरको हातबाट क्याच गराउँदै तेस्रो सफलता दिलाएका हुन् ।

पावर प्ले (१० ओभर) सम्म विकेटविहीन रहेको नेपालले ११ औं ओभरमा पहिलो सफलता पाएको छ । नेपालका सुवास भण्डारीले न्युजिल्यान्डका ल्युक वाट्सनलाई बोल्ड गरे । वाट्सन २५ बलमा १४ रन बनाएर आउट भए ।

नेपालले दोस्रो सफलता १४ औं ओभरमा पायो । नेपालका स्पीनर तिलक भण्डारीले न्युजिल्यान्डका ओपनर टम जोन्सलाई बोल्ड गरेका छन् । उनी ४५ बलमा ३३ रन बनाएर आउट भए । न्युजिल्यान्डका दुवै ओपनर आउट भएका छन् । १५ औँ ओभरमा नेपालका स्पीनर दीपेश कँडेलले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । उनले ओलिभर टेवतियालाई शून्य रनमा विकेटकिपरबाट क्याच आउट गराएका हुन् ।

समूह डीमा रहेको नेपालले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ ।