काठमाडौं । यू १९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले ३०३ रनको लक्ष्य पाएको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा भइरहेको खेलमा नेपालले टस हारेर पहिला बलिङको निम्तो पाएको थियो ।
पावर प्लेमा विनाक्षति न्युजिल्यान्डले ५३ रन जोडेको थियो । त्यसपछि नेपाली बलरले लगातार तीन विकेट लिँदा नयुजल्यान्डले १४.३ ओभरमा ६७ रन हुँदा तीन विकेट गुमाएको थियो । सुबास भण्डारी, तिलक भण्डारी र दीपेश कँडेलले एक एक विकेट लिएका थिए । तर, त्यसपछि भारतीय मुलका खेलाडी स्नेहिथ रेड्डी र कप्तान ओस्कार ज्याक्सनबीच १५७ रनको साझेदार भएपछि न्युजिल्यान्डले विशाल स्कोर खडा गरेको हो ।
४२ औं ओभरमा आकाश त्रिपाठीले कप्तान ज्याक्सनको विकेट लिएर यो साझेदारी तोडेका थिए । त्यसपछि अर्को ओभरमा गुल्सन झाले लगातार दुई विकेट लिएर नेपाललाई खेलमा फर्काए पनि रेड्डीले १४९ रनको शतकीय पारी खेलेपछि न्युजिल्यान्डले ८ विकेटको क्षतिमा ३०२ रन बनायो ।
यू १९ विश्वकपमा यसअघिका दुई भेटमा न्युजिल्यान्डसँग पराजित नभएको नेपालले आज चुनौतीपूर्ण लक्ष्य पाएको छ ।
प्रतिक्रिया