दाङमा बस दुर्घटनाः दुईजनाको मृत्यु, दुईजना घाइते

दाङमा बस दुर्घटनाः दुईजनाको मृत्यु, दुईजना घाइते


ग्लोब नेपाल
54
Shares

दाङ । दाङमा बस दुर्घटना दुई जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-१ निवासी ३६ बर्षिय भिमनाथ योगी र ठेगाना नखुलेका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

बर्दियादेखि काठमाण्डौ जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रु बस लमही नगरपालिका-९ रिहार नजिकै गएराती ११ बजे दुर्घटना भएको हो ।

बसमा ४७ जना सवार रहेका दुई जना घाइते भएको, अन्य यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ । बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ ।

मृतकहरुको शव लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडी बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ । केही दिन अगाडी नेपालगन्जबाट काठमाण्डौ जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको घटनास्थलमै ज्यान गएको थियो ।