अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने

अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने


ग्लोब नेपाल
54
Shares

अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइने भएको छ । ५८ वर्षीय केनेथ युजिन स्मिथ सन् १९८८ मा भएको हत्या अभियोगमा दोषी ठहर भएका थिए ।

उनलाई अलाबामामा यही जनवरी २५ मा नाइट्रोजन हाइपोक्सियाले मृत्युदण्ड दिइने भएको छ । दोषीलाई नाइट्रोजन सिलिन्डरसँग जोडिएको मास्क लगाएर अक्सिजन लिनबाट वञ्चित गरिनेछ ।

यसअघि नोभेम्बर २०२२ मा स्मिथलाई घातक विषादीको सुई दिएर मृत्युदण्ड दिने प्रयास गरिएको थियो । तर उनको नशामा सुइ घुसाउने प्रयास असफल भएपछि सजाय रोकिएको थियो ।

मृत्युदण्डको यो विधिलाई क्रूर, अमानवीय भन्दै रोक्नु पर्ने आवाज पनि उठेको छ । नाइट्रोजन-ग्यास मृत्युदण्ड रोक्न स्मिथका वकिलले गरेको पुनरावेदनलाई अदालतले अस्वीकार गरेपछि उनलाई पर्सि मृत्यु दण्ड दिन लागिएको हो ।