यू-१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने

यू-१९ विश्वकप : नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने



काठमाडौं । आईसीसी यू-१९ विश्वकपमा नेपालले पाकिस्तानसँग टस जितेको छ ।

केहिबेरअघि दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।

नेपाल पाकिस्तातानलाई हराउँदै सुपर सिक्स पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । नेपालले आज हारे पनि अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई हराएमात्रै पनि सुपर सिक्समा पुग्ने समीकरण छ ।

पाकिस्तान आजको खेलमा विजयी भएमा सुपर सिक्समा पुग्नेछ ।

नेपालको प्लेइङ ११

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेशप्रसाद कंडेल, सुवास भण्डारी, उत्तमरंगु थापा मगर, विपिन रावल (विकेटकिपर) र आकाश चन्द ।