पाकिस्तानविरुद्ध नेपालले ३३ ओभरमा पाँच विकेट गुमाएर १०८ रन बनायो

पाकिस्तानविरुद्ध नेपालले ३३ ओभरमा पाँच विकेट गुमाएर १०८ रन बनायो



काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको पाकिस्तानविरुद्धको खेलमा नेपालले ३३ ओभर सकिँदासम्म पाँच विकेट गुमाएर १०८ रन बनाएको छ । नेपालका लागि छैटौँ नम्बरका ब्याट्सम्यान गुलसन झा ९ र सातौँ नम्बरका ब्याट्सम्यान दीपक डुम्रे एक रन बनाउँदै क्रिजमा छन् ।

पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाल, दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी, तेस्रो विकेटका रुपमा कप्तान देब खनाल, चौथो विकेटका रुपमा उत्तम रंगु थापामगर र पाँचौँ विकेटका रुपमा ओपनर ब्याट्सम्यान विपिन रावललाई गुमाएको थियो । रावल ३९ रन बनाउँदै पेभेलियन फर्किए । उनले ६८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । यसअघि खेलिएको पहिलो खेलमा नेपाली टोली न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो ।