न्यू ह्याम्पसायर नतिजा र अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको अभियानले पाएको हौसला

न्यू ह्याम्पसायर नतिजा र अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको अभियानले पाएको हौसला



म्यान्चेस्टर । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू ह्याम्पसायरमा आफ्ना प्रतिद्वन्द्वी निक्की हेलीलाई पछि पार्दै ह्वाइट हाउसमा अर्को कार्यकालका लागि रिपब्लिकन उम्मेदवारको मनोनयनका लागि आफ्नो पकड बलियो बनाएका छन् ।

मत परिणामलाई पूर्व राष्ट्रपति ट्रम्पलाई मंगलबार रातिदेखि प्राप्त भएका केही पाठका रूपमा ट्रम्पका सहयोगी तथा शुभेच्छुकले उल्लेख गरेका छन् ।

आयोवा र न्यू ह्याम्पसायर दुवैमा जित हासिल गरेका कुनै पनि रिपब्लिकनले अहिलेसम्म मनोनयनको लडाइँ हारेका छैनन् । यो ऐतिहासिक तथ्य ट्रम्पका लागि उपहार भएको छ । धेरै कानुनी घोटालाहरू र राष्ट्रपतिको रूपमा अराजकताले भरिएको रेकर्डको बावजुद पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पलाई नोभेम्बरमा हुने पार्टीको प्रवल दावेदारको रूपमा व्यापक चर्चा गरिएको छ ।

यो दौड अब नेभाडामा गएको छ भने अर्को महिना हेलीको गृह राज्य साउथ क्यारोलिनामा निर्वाचन हुनेछ । नेभाडामा ट्रम्पले पहिले नै शतप्रतिशत जीतको दाबी गरिसकेका छन् । साउथ क्यारोलिनामा ट्रम्पले पूर्व गभर्नरसमेत रहेका हेलीभन्दा लगभग ३० प्रतिशत अङ्कले अगाडि ल्याउने दावी गरेका छन् ।

महिनौँ लामो प्रक्रियामा सबै ५० राज्यले आफ्नो मत राख्नेछन् । रिपब्लिकनहरूले अप्रिलसम्म वा अझ त्योभन्दा चाँडै नै आफ्नो उम्मेदवार को बनाउने भन्ने लगभग निश्चित हुनेछ । “म भन्छु कि आम चुनाव आज राति सुरु भैसकेको छ,” ट्रम्पलाई समर्थन गरेका पूर्व रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीले मङ्गलबारको प्राइमरी निर्बाचन परिणामपछि भने ।

आयोवामा तेस्रो र न्यू ह्याम्पसायरमा दोस्रो स्थानमा रहेकी हेलीको स्थिति अनिश्चित छ । तर उनले आफ्ना समर्थकहरूलाई आफू अझै पनि प्रतिस्पर्धामा रहेको र कमसेकम साउथ क्यारोलिनासम्म आफ्नो निर्वाचन यात्रालाई अघि बढाउने बताएकी छन् । “यो दौड अझै सकिएको छैन”, उनले भनिन्, “दक्षिण क्यारोलिनाका मतदाताहरू ‘राज्याभिषेक’ चाहँदैनन्, उनीहरू चुनाव चाहन्छन् र हामी तिनीहरूलाई मताधिकार दिनेछौँ ।”

तर उनले अन्य पराजित प्रतिद्वन्द्वीहरू र उनीहरूका ठूला दाताहरू पहिले नै ट्रम्पलाई आकर्षित गरिरहेका छन् भन्ने तथ्यका कारण धेरै बाधाहरूको सामना गर्नु पर्ने देखिन्छ ।

डार्टमाउथ कलेजका प्राध्यापक रस मुइरहेडले एएफपीसँगको कुराकानीमा भने, “हेलीले साउथ क्यारोलिनामा ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्नुभएन यसले के बताउँछ भने अब उहाँको दौड समाप्त भएको छ ।”

उनले प्रत्यक्ष टेलिभिजनमा कसम खाँदै संयुक्त राज्य अमेरिकालाई ‘असफल देश’ मा परिणत गराइएको तर अब प्रतिद्वन्द्वीहरूसँग बदला लिने प्रतिज्ञा गरिन् । उनको त्यो भाव त्यो रात विजेता बनेपछि आएको थियो ।

ट्रम्पसँग विजयमा उदार हुने स्पष्ट अवसर थियो, तर उनी न्यू ह्याम्पसायरमा यसलाई लिन असफल भए । ह्याम्पसायरको नतिजापछि ट्रम्पले सञ्चारमाध्यममार्फत् सार्वजनिक धारणामा हेलीले हार स्वीकार नगरेको भन्दै लामो आलोचना गरेका थिए ।

अवैध आप्रवासन, इन्धनको मूल्य र राष्ट्र टुक्रिने उनको डिस्टोपियन (खराब) दृष्टिकोणको बारेमा चर्को आलोचना गर्नुअघि उनले भने, “उहाँ नराम्ररी असफल हुनुभयो ।”

उनले सन् २०२० को राष्ट्रपतीय निर्वाचन र न्यू ह्याम्पसायर राज्यमा आफू विजयी भएको भन्ने आफ्नो ‘झूटो दाबी’लाई पनि दोहोर्‍याए । हेलीले चाँडै नै आफूलाई अनुसन्धानको दायरामा ल्याउन सक्ने बताउँदै ट्रम्पले आफूलाई जित्नेहरूलाई फिर्ता बोलाउने धम्की दिए । “मलाई धेरै रिस उठ्दैन तर म पनि रिसाउँछु,” ट्रम्पले भने ।

हेली अभियानले ट्रम्पको भड्किलो भनाइप्रति तुरुन्तै जवाफ दियो, “यदि ट्रम्प यति राम्रो अवस्थामा हुनुहुन्छ भने उहाँ किन यति रिसाउनुभएको छ ?”

न्यू ह्याम्पसायरको निर्बाचन सर्भेक्षणले रिपब्लिकन मतदाताका बारेमा रोचक विवरण प्रस्तुत गरेको छ र ट्रम्पले आफ्नो आधारभन्दा बाहिर कसरी विस्तार गर्नेछन् भन्ने प्रश्न उठाएको छ ।

ट्रम्पका समर्थकहरु सबैतिर छन् । ट्रम्प कुनै अपराधमा दोषी ठहरिए पनि राष्ट्रपतिका रूपमा काम गर्न योग्य ‘छन्’ कि ‘छैनन्’ भन्ने प्रश्नमा ८७ प्रतिशतले ‘छन्’ भन्ने पक्षमा राय दिएका छन् । हेलीको उदारवादी समर्थकमा यो सङ्ख्या १२ प्रतिशतमा झरेको छ ।

ट्रम्पका अनुयायीहरूले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले वैधानिक रूपमा राष्ट्रपति पद जितेको मान्न नसकिने बताएका छन् भने हेलीका १३ प्रतिशत मतदाताले मात्र यसमा सहमति जनाएका छन् ।

न्यू ह्याम्पसायरमा राष्ट्रपति बाइडेन पनि स्वयं विजयी भएका थिए । उनी मतदानमा समेत सहभागी भएका थिएनन् ।

न्यू ह्याम्पसायरका डेमोक्र्याटहरूले राष्ट्रिय पार्टीको इच्छाविपरीत मङ्गलबार आफ्नो प्राथमिक मतदान गर्न जोड दिएका कारण राज्यको मत विशुद्ध साङ्केतिक भएको थियो । बाइडनले उम्मेदवारको कागजी प्रक्रियासमेत भरेका थिएनन् ।

ट्रम्प र हेलीलाई प्रतिस्पर्धाबाट बाहिर राख्दै ट्रम्प नै राष्ट्रपतिको उम्मेदवार भएमा के होला भन्ने विषयमा वर्तमान राष्ट्रपति बाइडेनले ट्रम्पले भर्जिनियामा प्रजनन अधिकारलाई अगाडि र आफ्नो पुनः चुनाव बोलीको केन्द्रमा राख्दै तर्क गरे, “ट्रम्प गर्भपतनसम्बन्धी थप प्रतिबन्धका लागि ‘गलत निर्णयमा गएको के अमेरिकी नागरिकले भुलेका छन् र ? कदापि भुलेका छैनन् ।”

न्यु ह्याम्पसायरमा भएको मतदानपछि बाइडेनले ‘ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार हुनुहुनेछ’ भन्ने अभिव्यक्ति दिएका थिए । बाइडेनले देशलाई आफ्नो सन्देश ट्रम्प नै रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिमा निर्वाचित भएमा अमेरिकालाई त्योभन्दा बढी जोखिम केही हुननसक्ने बताएका थिए ।