आइपीओ निष्काशन गर्दै पुवाखोला–वान हाइड्रोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल

आइपीओ निष्काशन गर्दै पुवाखोला–वान हाइड्रोपावर, बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल



काठमाडौं । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो । 

कम्पनीले आइपीओ निष्काशन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

पुवाखोला–वान हाइड्रोपावरको इलाममा ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञचालनमा छ ।