धारियो हतियार प्रहार गरी युवकको हत्या

धारियो हतियार प्रहार गरी युवकको हत्या


ग्लोब नेपाल
81
Shares

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारमा धारिलो हतियार प्रहार गरेर एक युवाको हत्या भएको छ । म्याग्दी प्रहरी प्रमुख डिएसपी मदन कुँवरका अनुसार रघुगङ्गा गाँउपालिका–१ बेगका २२ वर्षीय सुशील गर्बुजाको बिहीबार साँझ हत्या भएको हो ।

उनका अनुसार गर्बुजा बेनी नगरपालिका–८ पिपलचोक बस्दै आएका थिए । बेनी बजारको को न्यूरोडमा युवाहरुको एक समूहले धारिलो हतियार प्रहार गरेर सख्त घाइते बनाएको थियो । उपचारका लागि बेनी अस्पतालमा लगिएकामा गर्बुजालाई चिकित्सकले तत्काल मृत घोषणा गरेका थिए ।

अरु दुई जना घाइते भएका छन् । घटनामा संलग्नहरुको खोजी जारी रहेको डिएसपी कुँवरले जानकारी दिए ।