काठमाडौं । नेपालका तीव्र गतिका बलर आकाश चन्दले ४ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान धरापमा परेको छ ।
अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाशले ४.१ ओभरमा केवल ८ रन खर्चिएका छन् ।
नेपालका गुल्सन झाले पनि एक विकेट लिए । पहिलो ओभरमै विकेट लिँदै गुल्सनले शानदार सुरुवात दिलाएका थिए । त्यसपछि आकाश हावी भएका हुन् । अफगानिस्तानका माथिल्लोक्रमका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् ।
दुवै टोलीलाई दोस्रो चरणमा स्थान बनाउन यो खेल जित्नैपर्ने दबाब छ ।
प्रतिक्रिया