एपीएफलाई हराउँदै पुलिस पाेखरा गाेल्ड कपकाे क्वाटरफाइनलमा

एपीएफलाई हराउँदै पुलिस पाेखरा गाेल्ड कपकाे क्वाटरफाइनलमा



पाेखरा । नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज भएको खेलमा पुलिसले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–० ले हरायो । पुलिसका मानबहादुर परियारले दुई गोल गरे । अब पुलिसले क्वाटरफाइनलमा आउँदो मङ्गलवार चर्च ब्वाइज युनाइटेडसँग खेल्नेछ ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागी छ । प्रतियोगिताको विजेताले १२ लाख एक हजार र उपविजेताले छ लाख एक हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।