कर्णालीमाथि आर्मीको फराकिलो जित

कर्णालीमाथि आर्मीको फराकिलो जित



काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशमाथि १६४ रनको फराकिलो जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा त्रिभुवन आर्मीले दिएको २८० रनको लक्ष्य पछाएको कर्णाली प्रदेशले २९ ओभरमा अलआउट हुदै ११५ रन मात्र बनाएपछि खेल १६४ रनले हारेको हो ।

यसअघि आर्मीले पहिला ब्याटिंग गर्दै कप्तान विनोद भण्डारीको शतक र बसिर अहमदको ९८ रनको मद्धतले ५० ओभरमा ५ विकेट गुमाउदै २७९ रन बनाएको थियो ।

यो जितपछि आर्मी अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । आर्मीको ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर तेस्रो स्थानमा उक्लिएको हो ।

त्यसैगरी कर्णालीले भने पाँचौं हार बेहोरेको छ । कर्णालीको ८ खेलमा ६ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।