राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन प्रस्तुत

राष्ट्रपतिसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन प्रस्तुत



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले माघ ११ मा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको प्रतिवेदन पेस गरेका छन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीति दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निपक्ष बनाउन आवश्यक रहेको बताए । फागुन २० मा राष्ट्रियसभाको ६ वर्षे कार्यकाल समाप्त भएर रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि माघ ११ मा चुनाव भएको थियो ।