डिफ्युजन नोटिस जारीपछि कसरी अघि बढछ् अभियुक्तको खोजी ?

डिफ्युजन नोटिस जारीपछि कसरी अघि बढछ् अभियुक्तको खोजी ?


ग्लोब नेपाल
162
Shares

काठमाडौं । अपराधको अभियोग लागेपछि भागेर बिदेशमा लुकेका अभियुक्तहरुलाई पक्राउ गर्न प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत विभिन्न नोटिसहरु जारी गराउँदै आएको छ । नेपाल प्रहरीले पछिल्लो पटक प्रहरीले सुर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी तीन जनालाई पक्राउ गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गराएको छ ।

सहकारीका सस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई विरुद्ध शुक्रबार नोटिस जारी गराएको प्रहरीले आज वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध नोटिस जारी गराएको हो । अदालतबाट दोषी ठहर भइसकेका अपराधी पक्राउ गर्न रेड कर्नर नोटिस र ठूला अपराधका अभियुक्तहरुलाई पक्राउ गर्न डिफ्युजन नोटिस जारि गर्ने गरिएको प्रहरीले बताएको छ । यो नोटिस जारी गरेपछि अभियुक्त रहेको हुन सक्ने भनी शंका लागेको लागेको देशमा प्रहरीले खोज्नका लागि अनुरोध र त्यस देशको प्रहरीको सहयोग लिने गर्दछ ।

त्यसो त यसरी डिफ्युजन नोटिस जारी भएपछि इन्टरपोलका सदस्य रहेका संसारभरका १ सय ९६ देशका प्रहरीले सम्बन्धित अभियुक्तलाई पक्राउ गर्न सक्छन् । नेपाल सन १९६७ मा इन्टरपोलको सदस्य बनेदेखि नै नेपाल प्रहरीले इन्टरपोलसँग सहकार्य गरेर काम गर्दै आएको छ ।

इन्टरपोलमा डिफ्युजनको नोटिस जारी गरेपछि अभियुक्तहरु जुन देशमा रहेका भएपनि सम्वन्धित देशको प्रहरीले पक्राउ गर्न सक्ने हुँदा अभियुक्तहरु उम्किन नपाउने प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकालले जानकारी दिए ।

सहकारी सस्थाको अर्बौ रकम हिनामिना गरेको आरोपपछि प्रहरीको फरार सूचीमा रहेका ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु अर्थात जीबि राई, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईका विरुद्ध इन्टरपोलका सदस्य राष्ट्रका प्रहरीले खोज्न थालिसकेको पनि प्रवक्ता ढकालको जानकारी दिए ।

सूर्यदर्शन सहकारीसँग जोडिएको यो मुद्धामा डिफ्यूजन नोटिस जारी गर्न कास्की प्रहरीले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

त्यसपछि प्रहरी प्रधान कार्यालयले इन्टरपोलाई पत्राचार गरेको दुई सातामा नै उनीहरुबीरुद्ध डिफ्युजन नोटिस जारी भएको हो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबी राई सहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो ।

तीमध्ये १५ जना फरार छन् । सूर्य दर्शन सहकारीको एक अर्ब रुपैँयाभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा जीबिसहित १९ जना विरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन रहेको छ ।