प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलनजिक

प्रधानमन्त्री कप : सुदूरपश्चिमलाई हराउँदै आर्मी फाइनलनजिक



काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९७ रनले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलनजिक पुगेको छ । प्रतियोगितामा छैटौँ जित निकाल्दै आर्मी १२ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

जितका लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेश ४१.१ ओभरमा १ सय ६५ रन बनाएर अलआउट भयो । टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ४८.३ ओभरमा २ सय ६२ रनमा अलआउट भएको थियो ।

प्रतियोगितामा नेपाल पुलिस क्लब ७ खेलमा १४ अंक बटुलेर शीर्ष स्थानमा रहँदै फाइनल पुगिसकेको छ । आर्मीले अन्तिम खेलमा बिहीबार गण्डकीसँग जित निकाले सोझै फाइनलमा पुग्नेछ ।