न्यायाधीश मरासिनीको हृदयघातबाट निधन

न्यायाधीश मरासिनीको हृदयघातबाट निधन



काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ । हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । 

मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई कलंकीको नेशनल अस्पताल पुराइएका मरासेनीको उपचारका क्रममा मृत्यु भएको हो ।

उनी सरुवा भएर दुई दिन अघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए ।