बिपीका उपकुलपतिमाथि दुर्व्यवहारको प्रयास, ३ जना पक्राउ

बिपीका उपकुलपतिमाथि दुर्व्यवहारको प्रयास, ३ जना पक्राउ


ग्लोब नेपाल
621
Shares

काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा डा प्रल्हाद कार्कीमाथि मंगलबार प्रतिष्ठान परिसरमै दुर्व्यवहार प्रयास भएको छ ।

उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणको प्रहरीले जानकारी दिएको छन । दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन । उनले भने, ‘तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ, ‘भिसी सरलाई केही पनि हुन पाएन ।

अहिले नियन्त्रणमा लिइएका तीन जनामाथि अनुसन्धान भइरहेको छ।’ प्रहरीले नियन्त्रणमा लिएका तीन जनाबारे थप बताउन चाहेन। डिएसपी भण्डारीले अनुसन्धान जारी रहेको र पक्राउ परेकाबारे विस्तारै खुल्ने प्रहरीले जानकारी दिएको छ । प्रतिष्ठान केही समययता फेरि अशान्त छ। खासगरी शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेका छन् ।

उनीहरूले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ । ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको प्रहरीले जानकारी दिएको छ ।