बाँसबारी छाला जुत्ताका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ

बाँसबारी छाला जुत्ताका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापा पक्राउ


ग्लोब नेपाल
918
Shares

काठमाडौं । प्रहरीले प्रहरीले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पनि पक्राउ गरेको छ ।

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रालिको नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनलाई काठमाडौंको बत्तीसपुतलीबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको एक अधिकृतले जानकारी दिएका छन ।

सीआईबीले बिहीबार नै यसै घटनामा अनुसन्धानका लागि नेपालका एक मात्र अर्वपति विनोद चौधरीका भाई अरुण चौधरीलाई पनि पक्राउ गरेको छ । थापा कार्यकारी प्रमुख भएका बेला बाँसबारी छाला जुत्ता कारखानाको जग्गा बेच्ने निर्णय भएको सीआईबी स्रोतले जानकारी दिएको छ ।