अमेरिकी सरकारले बढायो भिसा शुल्क

अमेरिकी सरकारले बढायो भिसा शुल्क


ग्लोब नेपाल
216
Shares

काठमाडौं । अमेरिकाले भिसा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । अमेरिकी सरकारले एच–वन बी, एल–वन र इवी –५ लगायत नन–इमिग्रेन्ट भिसाको शुल्क बढाएको निर्णय गरेको छ । शुल्क वृद्धि सन् २०२४ को अप्रिलदेखि लागू हुने बताइएको छ ।

हाल ४६० डलर रहेको एच–वन बी भिसाको शुल्क बढाएर ७८० डलर पुर्‍याइएको छ । यो भिसाको दर्ता पनि आगामी वर्षदेखि १० डलरबाट बढेर २१५ डलर पुग्नेछ । एल–वन भिसाको शुल्क ४६० डलरबाट बढेर १ हजार ३८५ डलरमा पुगेको छ ।

इवी–५ भिसाको शुल्क भने ३ हजार ६७५ डलरबाट बढेर ११ हजार १६० डलर कायम गरिएको छ ।एच–वन बी भिसा गैर आप्रवासी भिसा हो । यो भिसा प्रायः अमेरिकी कम्पनीमा काम गर्नेहरू विदेशीलाई दिने गरिन्छ ।

अमेरिकामा अभाव भएका सीपयुक्त विदेशीहरूलाई काममा लगाउन घरेलु कम्पनीहरूलाई सहज होस् भनेर यो भिसा ल्याइएको हो । यो भिसाको वैधता ६ वर्ष मात्रै हुन्छ ।