दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने 

दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने 


ग्लोब नेपाल
54
Shares

काठमाडौं । अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उनले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताएका हुन् । 

बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उनले एकै महिनामा दुई तीन वटा फिल्मको सुटिङ एक साथ गरिरहेका छन् ।माघ महिनामा डिग्री माइला र भूठानको छायांकन सकाएका दयाले यही महिना मनसरा र रंगेलीको बाँकी काम सकाउनेछन् । अर्को महिना भने उनले घर ज्वाइँलाई समय दिएका छन् । 

चैतको महिनाका लागि भने कार्साङ र दुःखी आत्माबीच को पहिला जाने प्रतिस्पर्धा छ । यसपछि भने लोकल हिरो, वरिष्ठ बलराम, गाउँ नै रमाइलो आदि फिल्मले पालो पाउनेछन् ।