बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले किन दिए राजिनामा ?

बिमानस्थल सुरक्षा प्रमुख ठकुरीले किन दिए राजिनामा ?


ग्लोब नेपाल
891
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा कार्यालयका प्रमुखले राजिनामा दिएका छन् । बिमानस्थलका प्रमुखसमेत रहेका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका हुन ।

गत बैशाख १३ गते विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी पाएका ठकुरीले १० महिना पुरा गरेर राजिनामा दिएका हुन । तर, उनले किन राजिनामा दिए ? भन्ने बारेमा कुनै कारण खुलिसकेको छैन् ।

डीआईजी चन्दले व्यक्तिगत कारणले राजीनामा दिएको जानकारी दिएका छन् । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारीबीचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका एक अधिकृतले जानकारी दिएका छन् ।

समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले जानकारी दिएका छन् ।