ओखलढुंगा कांग्रेसद्वारा महासमिति सदस्य चयन

ओखलढुंगा कांग्रेसद्वारा महासमिति सदस्य चयन


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । ओखलढुंगा कांग्रेसले महासमिति सदस्य चयन गरेको छ । निर्वाचन अधिकृत बोधनारायण कटुवालका अनुसार खिलनाथ दाहाल, लीलाबल्लभ दाहाल (काका), नवीन राई, बेदबहादुर रोक्का, सर्वधन तामाङ, गोमादेवी केसी, बाला अधिकारी, हेमालक्ष्मी राई, हरिप्रसाद दाहाल, कुमारबहादुर श्रेष्ठ र होमबहादुर विक निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को परिच्छेद ६ को केन्द्रीय महाधिवेशन र केन्द्रीय महासमिति सम्बन्धी व्यवस्थाको नियम १८ अनुसार केन्द्रीय महासमिति सदस्य चयन भएको निर्वाचन समितिले जनाएको छ ।