सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा जङ्गली हात्तीको आक्रमण बढ्दै गएपछि ६ फिट अग्लो पर्खाल निर्माण शुरु गरिएको छ ।
दिनहुँ आउने जङ्गली हात्तीको आक्रमणबाट स्थानीयवासी त्रसित तथा रातभर जाग्राम बस्न बाध्य भएपछि पर्खाल निर्माण शुरु गरेको इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
जङ्गली हात्तीको समूहले स्थानीयवासीको घर भत्काउनुका साथै बालीनाली तथा अन्नमा समेत क्षति गर्ने गरेको छ । उपमहानगरले स्थानीयवासीलाई तत्काल हात्तीको आक्रमणबाट जोगाउन साइरन जडान, लाइट व्यवस्थापन गरी सबैभन्दा बढी हात्ती प्रभावित इटहरी–२ मा ६ फिट अग्लो पर्खाल बनाउन शुरु गरेको हो ।
प्रतिक्रिया