काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना

काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना



काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले काठमाडौंस्थित रूसी दूतावास अगाडि धर्ना दिएका छन् ।

नेपालीहरूलाई रूसी सेनामा भर्ती गर्ने र युद्धमा प्रयोग गर्ने कार्य रोक्न माग गर्दै सोमबार धर्ना दिएका हुन् ।

रुसी सेनामा भर्ती भएका र युद्धमा प्रयोग भइरहेका नेपालीलाई बिनासर्त सकुशल नेपाल फिर्ता गर्न पनि आग्रह गरिएको छ ।