कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ

कैलालीमा विद्यार्थीबीच ग्याङ फाइट, ८ जना पक्राउ



कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका-१ गोप्काका विद्यार्थीहरू बिच झडप भएको छ । पशुपति मावि गोप्काका विद्यार्थीहरूबीच सामुहिक झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

कुट्ने र कुटाई खाने दुवै पक्षका ८ जना विद्यार्थी पक्राउ गरिएको र उनीहरूको साथबाट खुकुरी र नक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।