साधारण शेयर निष्काशन गर्दै कालंगा हाइड्रो, लक्ष्मी सनराईज र ज्योति क्यापिटल प्रत्याभुतिकर्तामा नियुक्त

साधारण शेयर निष्काशन गर्दै कालंगा हाइड्रो, लक्ष्मी सनराईज र ज्योति क्यापिटल प्रत्याभुतिकर्तामा नियुक्त



काठमाडौं । बझाङ स्थीत १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रो लिमिटेडकोे कायम जारी पूँजी १ अरब ४० करोड मध्ये सर्वसाधारणहरुको लागि ३५ प्रतिशत अर्थात प्रति शेयर रु. १००/- का दरले हुने ४९ करोड बराबरको साधारण शेयर निष्काशन गर्नका लागि रु. ३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराईज क्यापिटल लिमिटेडबाट शेयर प्रत्याभुति सम्झौता गरी साधारण शेयर प्रत्याभुतिकर्ता नियुक्त गरिएको छ ।

कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपूर स्थीत रजिष्ट्रार कार्यालयमा साधारण शेयर प्रत्याभुति कार्यको लागि कम्पनीको तर्फवाट संचालक तिर्थ राज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र लक्ष्मी सन्राइज क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठका बीच त्रिपक्षिय सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

जारी पूँजी रु.१ अर्व ४० करोड रहेको कालंगा हाइडो लिमिटेडका संस्थापक तथा संचालकहरु चिरपरिचित ब्यवसायी रहेका छन् । यस कम्पनीले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ ।

निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण शेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।